एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर देशको स्वाभिमानको रक्षा गरेका छौं : अध्यक्ष नेपाल

ब्रेकिङ न्युज

एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर देशको स्वाभिमानको रक्षा गरेका छौं : अध्यक्ष नेपाल

 


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको  विरोधमा आफ्नो पार्टीलाई उभ्याएर सरकारबाट फाल्ने षड्यन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको बताउनु भएको छ । 

पार्टी निकट नेपाल नेवाः राष्ट्रिय संघ ( समाजवादी ) को १७ औ स्थापना दिवसमा  सम्बोधन गर्दै उहाँले , ‘आफ्नो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका बताउनु भयो । उहाँले एमसीसीको विरोध गर्दा जनताले वाहवाही दिन्थे भन्नु हवाई कल्पनामात्रै भएको बताउनु भयो । 

अध्यक्ष नेपाले एसमीसीको घोर विरोध गर्दैमा पार्टीको छवि राम्रो हुने भए यतिबेला मजदुर किसान पाटी देशव्यापी भइसक्ने टिप्पणी गर्नुभयो ।

अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्नेले एमसीसीको विरोध गरेको भए जनताले साथ दिने थिए भन्ने गरेको बताउँदै  समाजवादका लागि वर्तमान सत्ता गठबन्धन साधक बनेको उहाँको दाबी छ । 

 


Post a Comment

0 Comments