वकिलका निम्ति सामाजिक न्याय पहिलो सर्त हुनुपर्छ: अध्यक्ष नेपाल

ब्रेकिङ न्युज

वकिलका निम्ति सामाजिक न्याय पहिलो सर्त हुनुपर्छ: अध्यक्ष नेपाल


 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बिभेदकारी चेतना भएकाहरूले अरूको सम्मान गर्न नसक्ने बताउनु भएको छ । 

पार्टी निकट कानून व्यावसायीहरूको छाता संगठन समाजवादी पेशागत कानुन व्यावसायी सङ्गठन (SPLA)  को प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो । 

संगठनका संयोजक डेकेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नेपाले भन्नुभयो, ‘बिभेदकारी चेतना भएको मान्छेले अरुलाई सम्मान गर्न सक्दैन। जो भद्र छ, सरल छ, अमनुशसित छ, त्यसले सबैको सम्मान गर्छ । जीवनमा जस्तो संस्कार र चेतना लिएर अगाडि बढ्नु हुन्छ, हाम्रो न्यायलय त्यस्तै बन्छ । हाम्रो देशमा सामाजिकन्याय र समानताको खाँचो छ । न्याय कसरी दिने? सामाजिक न्याय कसरी स्थापना गर्ने? आकोज मुल चुनौती यहि हो । हामी सबै यतातिर लाग्नुपर्छ । तपाईंहरूको ध्यान पनि यतातिर जानुपर्छ । सयमै न्याय नदिनु भनेको न्याय नदिनु सरह हो । तपाईंहरू नवप्रतिभाहरू यस क्षेत्रमा लाग्नु भएको छ । भोलीका न्यायाधीश, अधिवक्ता तपाईं नै हो। देशको भाबी न्याय क्षेत्र तपाईंको हातमा छ ।’  

अध्यक्ष नेपालले सम्मानित भएका अधिवक्ताहरूलाई सामाजिकन्याय स्थापना गर्नेतर्फ आफूलाई केन्द्रीत हुन अनुरोध गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘पुराना पुस्ताका राम्रा कुरा सिक्नुपर्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई माया गर्नुपर्छ । सहिबाटो देखाउन सक्नुपर्छ। आशावादी मान्छेले मात्र नविन खोज गर्न सक्छन् । व्यवस्था परिवर्तन गरेका छौं। जनता र देशको अवस्था बदल्न बाँकी छ। यसकै निम्ति परिवर्तन ल्याएका हौं । हाम्रो संविधान विश्वकै उत्कृष्ट छ । यस्तो संविधान विश्वमा कहि छैन । तर, कार्यान्वयन हुन सकेन । जति नै राम्रो संविधान भएपनि कार्यान्वयन भएन भने त्यसको के काम? युवाहरू सबैभन्दा बढी निराश छ्न । देशमा काम नपाएर, बिदेश पुगेका घरदेशको माया रचिन्ताले निराश छन् ।’ 

कम्युनिस्टहरूले राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनता, जनताको अधिकार र सामाजिकन्याय, समाजवाद, जनजीवन, जीवनयापनको विषयलाई मुख्य मुद्धा बनाएर आन्दोलनलाई नयाँ उचाई दिनुपर्ने बताउनु भएका अध्यक्ष नेपालले भन्नुभयो, ‘जनताले सेवा सुविधा पाए भने मात्रै आशावादी बन्छन्।  हाम्रो देशमा राजनीति समस्या, प्राकृतिक समस्या छन् । मानवजाती चुनौतीबाट भागेको छैन। विश्वका देशले हासिल गरेको सफलतालाई ध्यानमा राखेर देशको विकास गर्न सक्नुपर्छ । हामीले विगतमा असम्भव ठानिएका कार्य गरेका छौ। आज पनि हामी त्यो गर्दैछौं। २०७४ को निर्वाचनले कम्युनिस्टलाई ठूलो मौका मिल्यो। तर, त्यसको सदुपयोग गर्न सकिएन। न त देश चलाउन सकियो, न पार्टी चलाउन सकियो। अवसरलाई सदुपयोग गर्ने इमानदार नेता चाहिन्छ। तर, त्यो भएन। अब हामीले ठूलो अवसर गुमायौं । अब त्यसबाट सिकेर अघि बढ्नुपर्ने छ । ०७४ को अवसरलाई उपभोग गर्न सकेको भए, नेपालमा धेरै चुनाव कम्युनिस्टहरूले जित्ने थियौं। तर, त्यो भएन ।’ 

उहाँल अगाडि भन्नुभयो, ‘कम्युनिस्ट विचार बोकेका  कानून व्यावसाय गरिरहेका वकिलहरूले पैसाको आधारमा वकालत गर्न हुँदैन। सामाजिक न्यायको पक्षमा लाग्नुहोस्। समाजवादी कानून व्यावसायीहरूले त्यही अनुसार काम गर्नुहोस् । नव प्रतिभाहरूले उचित पार्टी रोज्नुहोस्, विचार रोज्नुहोस् । त्यही अनुसारको समाज निर्माण गर्नुहोस्। अति भएपछि खती हुन्छ। अनुचित कहिल्यैगर्नु हुँदैन। न्यायपालिकालाई सुधार्ने पनि तपाईंहरूकै जिम्मेवारी हो ।’

संगठनका महासचिव अम्बर बहादुर रावतले सञ्चालन गर्नु भएको कार्यक्रममा ३०औं अधिवक्ता तहको परिक्षामा उत्कृष्टता हासिल गरेका टप १० अधिवक्तालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा क्रमशः (पहिलोदेखि १०औंसम्म) सदिक्षा महर्जन, काठमाडौँ, साधना देउवा डोटी, विनिता देवकोटा कास्की, निशा केसी पर्वत, बन्दिता रेग्मी काठमाडाँै, वर्षा महरा दाङ, लोमश न्यौपाने पाल्पा, रचिता प्रधानाङ्ग भक्तपुर, रोशन सुनार रुपन्देही, स्वीकृती भण्डारी धनकुटा रहेका छन् । 

कार्यक्रममा वरिष्ठतम् अधिकावक्ता कृष्णप्रसाद भण्डारी, पूर्व कानूनमन्त्री गोविन्द बन्दी, पार्टीका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।  

 


Post a Comment

0 Comments