काठमाडौं । नेकपा
( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा
साझा सहमति आवश्यक भएको बताउनु भयो ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन
समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले समितिबाट यसअघि नै परराष्ट्र नीतिको
मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति
बनाउनुपर्नेमा जोड दिनुभयो ।
दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने
एक हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीतिका बारेमा पनि साझा सहमति
बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै पार्टीको बीचमा साझा
सहमति बनाएर हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ । किनभने भारतमा
भित्र आन्तरिक द्वन्द्व हुन्छ, तर परराष्ट्र नीतिमा एक
हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ ।’

0 Comments