काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माध्यमिक तहसम्मको
शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताउनु भएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय
शिक्षा सम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यामिक तहसम्मको शिक्षाको
जिम्मेवारी स्थानीय तहले गर्न नसक्ने समेत बताउनु भयो ।
शिक्षाको जिम्मेवारी स्थानीय तह धिमा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुन सक्ने अवस्था बन्न सक्ने भएकाले
प्रश्न उठ्न सक्ने उहाँले बताउनु भयो ।
अध्यक्ष नेपालले देशको विद्यमान शिक्षा प्रणालीले वर्तमान
चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार पार्न नसक्ने भन्दै नेपालको
शिक्षा प्रणालीलाई लिएर आज शिक्षकहरू आन्दोलित हुनुपर्ने अवस्था आएको बताउनु भयो ।
शिक्षाले आजको आवश्यक योग्य जनशक्ति तयार गर्नुपर्छ, आजको चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार गर्नुपर्छ । त्यसको
लागि शिक्षा प्रणाली धेरै महत्वपूर्ण भएको उहाँको भनाई थियो । अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै
संविधान संशोधन हुने अवस्था नरहेको बताउनु भयो ।
अध्यक्ष नेपालले सडकमा उत्रेका शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने भन्दै अहिले र पछि
सम्बोधन गर्नुपर्ने मागलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले अहिले
प्राप्त आन्दोलनको उपलब्धि कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै
भष्ट्राचार कमिशन तन्त्र, ढिलासुस्ती लगायतको व्यापक विरोध
गर्नुपर्ने बताउनु भयो ।
अब सन् २०५० लाई आधार मानेर नयाँ भिजनसहितको
दस्तावेज बनाउने, आर्थिक मन्दी, व्यापार
घाटा, विभिन्न क्षेत्रले भोग्नुपर्ने समस्या समाधान बारेमा
सोच्न आवश्यक भएको भन्दै उहाँले ‘अब नयाँ ढङ्गले सन् २०५० लाई आधार मानेर
एउटा नयाँ भिजनसहितको दस्तावेज बनाउने कुरामा जुट्नु आवश्यकता भएको बताउनु भयो ।

0 Comments