काठमाडौँ । नेकपा
(एकीकृत समाजवादी) ले आयोजना गरेको समाजवादी जागरण यात्रा -२०८० आजदेखि सुरु हुने
भएको छ ।
आइतबारदेखि सुरु गर्ने समाजवादी जागरण यात्रा २०८० मा सहभागी हुन
केन्द्रीय नेताहरू शनिबार झापा पुगिसक्नु भएको छ ।
‘सुशासन, रोजगारी र समृद्धिु
भन्ने मूल नाराका साथ असोज १४ गतेदेखि मेचीको काकडभिट्टाबाट शुभारम्भ हुने
‘समाजवादी जागरण यात्रा २०८० लाई सफल पार्न पार्टी नेता, कार्यकर्ता
र समर्थकहरूको उल्लासमय सहभागिता हुने अपेक्षा गरिएको छ ।
असोज १५ गते इटहरी, इनरुवा,
भारदह, राजविराजमा सभा हुनेछन् । १६ राजविराज, छिन्नमस्त,
अर्नाह, भगवानपुर, सिरहा
सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम
रहेको छ । १७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर,
ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ ।
१८ असोजमा गरुडा, हर्नैया, कलैया र
वीरगन्जमा सभा हुनेछ। त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा,
मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।
असोज २० मा कावासोती, बर्दघाट र
परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना,
चन्द्रौटा, भालुवाङ, लमहीमा
२२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा
आयोजना हुनेछ ।
अभियानअन्तर्गत २४ असोजमा नेपालगन्ज, खजुरा,
मैनापोखरा र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने
एकीकृत समाजवादीको कार्यतालिका छ। त्यस्तै २६ असोजमा लम्की, सुख्खड,
अत्तरिया र धनगढी तथा २७ असोजमा पुनर्वास, झलारी,
लालपुर र महेन्द्रनगरमा सभा हुनेछ भने २८ असोजमा छिन्चु र २९ गते
सुर्खेतमा अभियानअन्तर्गतका सभा आयोजना हुने पार्टीले जनाएको छ ।

0 Comments