विगत केही दिनदेखि देशैभर मौषम
परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग फैलिरहेको छ । कतियय
विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक,
अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा
काम गर्ने प्राय मानिसहरुमा पाइएको छ। विद्यालय, कलेज
लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा
सजिलै सर्न सक्दछ। धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था
पनि छ। यसको मतलव यो होइनकी बालबालिकामा मात्र हुन्छ, जुनसकै
उमेर समूह, महिला-पुरुष सबै उमेर समूहका मानिसमा हुन्छ । एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले
एकैपटक धरैजनामा हुन सक्छ । पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौषम
परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ। वर्षायाममा यसको किटाणु
सक्रिय हुने गर्दछ । ब्याक्टेरिया, भाइरल र एलर्जी
यो रोग हुने मुख्य कारणहरु हुन् ।
लक्षणहरु:-
१) एक्कासी एउटा आँखा अथवा
दुवै आँखा रातो हुने
२) आँखा धेरै चिलाउने तथा
आँखा टाँसिने
३) आँखाबाट बारम्बार पानी
बगिरहने
४) आँखामा कचेरा लाग्ने
तथा टाँसिने
५) आँखाबाट आँसु बगिरहने
६) आँखा सुन्निने
७) आँखाले घाम तथा उज्यालो
प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ
८) कान तथा घाँटीको
छेउमा सुनिन पनि सक्छ
९) कहिलेकाँही रुघा
खोकी लाग्न सक्छ
समाधानका उपाय :-
१. पटक पटक सफा चिसो
पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुँदैन ।
२. आँखा छोइसकेपछि हरेक
पटक साबुन पानीले हात सफा गर्ने
३. आफूले प्रयोग गर्ने
रुमाल, टावेल, कपडा
छुटाछुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न तथा छुन नदिने
४. सके सम्म सगै नसुत्ने
भिड भाड हुने ठाउहरुमा नजाने
५. आफू सुतेको सिरानीको
खोल, तन्ना हरेक दिन सफा गर्ने धुने
६. कालो चस्माको प्रयोग
गर्ने
सावधानी :-
यदि कसैमा यस्तो किसीमकोझ आँखामा समस्याहरु
देखा परेमा आत्तिनु हुँदैन, सानो सावधानी अपनाउदा ठूलो समस्याबाट बच्न
सकिन्छ । साधरणजसो यसको असर दुई हप्ता जति रहन सक्छ। तर कसै कसैमा लामो
समयसम्म पनि रहन सक्छ । आँखाको नानीमा असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै
गार्हो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्यासम्म पनि गराउन
सक्छ। आँखाको दृष्टि कम हुने तथा घाममा हेर्न नसक्ने जस्ता लक्षणहरु पनि हुन
सक्दछ ।यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानी अपनाउनु पर्दछ।
नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ चिकित्सक तथा
स्वास्थ्यकर्मीले भने अनुसार गर्नु पर्दछ। जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन ।
जथाभावी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ। तसर्थ चिकित्सकको सल्लाह
बमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ ।घरको दुई मानिसको औषधि एकै किसिमको हुन पनि सक्छ, एकै किसिमको भएपनि अलग अलग प्रयोग गर्ने अलग अलग ठाउँमा
राख्ने गर्नु पर्दछ । औषधि लगाइसकेपछि हरेक पटक राम्रोसँग साबुन पानीले हात धुनु
पर्दछ । यस्ता लक्षणहरु देखा परेमा तुरुन्त नजिकका आँखा अस्पताल तथा आँखा उपचार
केन्द्रमा गएर चेक जाँच गराउनु पर्दछ । डाक्टरको सल्लाह बिना कुनै पनि प्रकारका
औषधिहरुको प्रयोग गर्नु हुँदैन। कहिलेकाँही सानोतिनो गल्तीले ठूलो समस्या
निम्तियाउन सक्छ । त्यसैले समयमै उपचारको बाटोमा जानू पर्दछ यसले गर्दा समयको बचत,
पैसाको बचत साथै ठूलो समस्या हुनबाट जोगिन सकिन्छ ।

0 Comments