१.
वातावरणमा सुधार तथा रूपान्तरण
परिवर्तन
सामान्यबाट सुरु गर्ने । क्याम्पस सुधारका लागि अभिभावक, शिक्षक र क्याम्पस व्यवस्थापन
समिति तथा समाजका सबै निकाय लाग्ने हो भने रूपान्तरण संभव छ ।
- क्याम्पसको
वातावरण स्वच्छ, सफा र सुन्दर
बाउने ।
- कक्षा
कोठा व्यवस्थापन गर्ने । पहिलेको भन्दा नयाँ तरिकाले सजावट गर्ने, जसले गर्दा अध्ययन अध्यापनमा नयाँ ऊर्जा
- थपन्छि
।
- क्याम्पस
क्षेत्र सरसफाइ गर्ने । विद्यार्थी,
शिक्षक, स्वयंमसेवक मिलेर प्रत्येक साता
एक दिन सरसफाइ सञ्चालन गर्ने, जसले गर्दा यो एउटा
वातावरण र सामाजिक कार्यको कक्षा पनि हुन्छ । पहिला यो अभियान थियो, अहिले कम हुँदै गएको छ ।
- वार्षिक रूपमा वृक्षरोपण, गार्डेन तथा गोडमेल गर्ने÷ गराउने । यसले विद्यार्थीमा वन तथा वातावरणको कक्षा पनि हुन्छ । यो
विज्ञानका लागि प्रयोगात्मक कक्षा पनि हुन्छ ।
- व्यक्तिगत
सरसफाइ
सरकारी
क्याम्पसका शिक्षक तथा विद्यार्थीको व्यक्तिगत सरसफाइले निकै महत्त्वपूर्ण भूमिका
खेल्छ । दैनिक सरसफाइ र शिक्षा सामुदायिक क्याम्पसको अबको महत्त्वपूर्ण पाटो हो ।
यसले विद्यार्थी भर्ना दर वृद्धि पनि गर्छ । अभिभावको मन तान्छ ।
- विद्यार्थीलाई
फोहोरसँग परिचित गराउने
विद्यार्थीहरूलाई
सधैँ सरसफाइको नाउँमा हामीले बाउबाजेले भनेको जस्तो सुकुलगुण्डा पनि बनाउनुहुन्न ।
कृषिमा काम गर्न लैजाने, फोहोर
सफा गर्न सिकाउने, खाना पकाउन, भाँडा
माझ्न र भान्सा सफा गर्न सिकाउने, माटोमा सामीप्य बढाउने,
खेतमा रोपाइँ गर्न सिकाउने जस्ता शिक्षा अत्यन्त जरुरी छ । निजी या
सरकारी दुवै क्याम्पसमा यो जरुरी छ । काममुखी शिक्षाले नै व्यावहारिक सीप र ज्ञान
दिनसक्छ । त्यसैले फोहोरसँग विद्यार्थीलाई सामीप्य गराउनु जरुरी छ ।
२.
पाठ्यक्रम र शिक्षण प्रणालीमा सुधार
पठ्यक्रम
नेपालको
पाठ्यक्रम केन्द्रले निर्माण गर्ने र देशभर लागू गर्ने गरिरहेका छौँ । यो
समयअनुकूल परिवर्तन भए पनि भूगोल र स्थान विशेषमा उपयुक्त छैन । स्थानीय आवश्यकताअनुसारको
पाठ्यक्रम निर्माण गरी लागू गर्न सकिन्छ ।
नेपालको
समृद्धिको पहिलो आधार भनेको नै कृषि उत्पादन हो । हरेक शिक्षकले अबका विद्यार्थीको
बाल मनोविज्ञानमा यो थपिदिनुपर्यो कि कृषि भनेको निकै उत्कृष्ट पेसा हो । त्यसैले
क्याम्पसले शैक्षिक भ्रमण गराउँदा कृषिका फर्महरू, उद्यमी किसानहरूसम्म पुर्याउने । क्याम्पस नजिकै
कृषि नर्सरी निर्माण गर्ने । कृषिका विविध व्यावहारिक ज्ञान दिने ।
साहित्य
शिक्षण
नेपाली
साहित्यको अवधारणा दिन हामी खोज्छौँ भने हामी ठूलाठूला साहित्यकारका रचनाहरू
घोकाउँछौ । यसभन्दा फरक शिक्षण गर्न सकिन्छ । समाज परिवर्तनको पक्षमा लेखिएका
स्थानीय तहका साहित्यकारहरूका सिर्जना, जो उपयुक्त छन् भने किन नपढाउने ? हामीले ज्ञान, सीप र धारणा दिन खोजिएको हो भने
स्थानीय तह या हाम्रै वरिपरि समाधान पाउँछौँ, धेरै
टाढा जानुपर्दैन । रुचिअनुसार सिर्जनशील लेखन गराउने ।
इन्टरनेको
प्रयोग
प्रायः
क्याम्पसमा अहिले इन्टरनेटको पहुँच छ । नपुगेकामा पुर्याउने र हामीले यसको
सदुपयोग गर्न सके निकै उत्कृष्ट शिक्षा प्रदान गर्न सकिन्छ ।
शिक्षण
प्रणालीमा सुधार
अहिले
हाम्रा पुराना शिक्षकहरू पनि इन्टरनेटमा विभिन्न संजाल चलाउन सक्षम भइसकेकै छन् ।
सोहीबमोजिम क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि गर्न आजका बालबालिकाको इच्छा, चाहना, आवश्यकता
तथा देश र विश्वको आवश्यकताअनुसार अनुसन्धान गरेर विद्यार्थी केन्द्रित शिक्षण
विधिहरू प्रयोग गरेर शिक्षण गर्ने हो केही वर्षभित्रै प्रभाव राम्रो देखिन्छ ।
यसमा हामीले विभिन्न नयाँ मोडेलहरू प्रयोग गर्नसक्छौँ ।
हामी लाखौँ रुपैयाँ
लगानी गरेर निजी क्याम्पसमा पढाउने, उति नै खर्च गरेर विदेश पढ्न पठाउने र नेपालमा
बसेर आफ्नो सन्तान बाहिर भएकोमा गर्व गर्दै दुई बुढाबुढी चुह्लो रुङ्ने अवस्था
भन्दा खास केही देखिँदैन । यो तरिकाले युवा शक्ति विदेश पलायन भएपछि सरकारले
जस्तोसुकै योजना ल्याए पनि देशले खास गति लिन सक्दैन ।
तालिम
नेपालमा
शिक्षण तालिम अत्यधिक मात्रमा भए र हुँदै पनि आएका छन् । तर, उक्त तालिमको व्यावहारिक प्रयोग
भएको भने कमै पाइन्छ । अबको शिक्षण तालिम त्यो पुरानो जस्तो भत्ता पचाउने
प्रकृतिको होइन र कुनै एक शिक्षकलाई दिने स्कुल आइपुग्दा बिर्सिने पनि होइन,
सबै विद्यार्थी र शिक्षकलाई कक्षा तथा फिल्डमा समाजको
आवश्यकताअनुसारको प्राविधिक र व्यावहारिक कामसँग जोडेर दिने हो । यसले प्रत्यक्ष
प्रभाव पर्छ ।
शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन समिति सम्बन्ध
सामुदायिक
क्याम्पसको अवस्था खस्किनुमा एकले अर्कोलाई दोष लगाएर आफू राम्रो देखिने या बच्ने
प्रवृत्ति हो । अभिभावकहरू शिक्षकले पढाएनन् भन्ने, शिक्षक विद्यार्थीले पढेनन् भन्ने, स्कुलबाट भाग्यो, गृहकार्य गर्दैन जस्ता कुरा गर्ने,
क्याम्पस व्यवस्थापन समितिले अभिभावक र शिक्षक तथा विद्यार्थीलाई
तामेल गराउन नसक्ने । क्याम्पसको शैक्षिक सुधारभन्दा भौतिक पूर्वाधारको योजनातिर
बढी चासो दिने गरेको देखिन्छ । विषय शिक्षकको
व्यवस्थापन, वार्षिक कार्ययोजना, परीक्षा
प्रणाली, प्रगति प्रतिवेदन जस्ता विषयमा ध्यान पुगेको
पाइँदैन ।
निष्कर्ष
त्यसै
निजी क्याम्पसहरू अहिले गाउँगाउँमा पुगेर शैक्षिक व्यापार व्यवसाय गरिरहेका होइनन्
र उनीहरूलाई विभिन्न वहानामा गाली गर्नु पनि जरुरी छैन । बरु सरकारले आफूभित्रका
शैक्षिक कमजोरीहरूलाई पत्ता लगाएर सामान्य सुधार मात्रै होइन, आमूल परिवर्तनकै मार्गमा जान
सकेमा मात्र एक छत्र व्यापार गरिरहेका निजी स्कुलभन्दा कम लगानीमा राज्यले गर्व
गर्न लायक शैक्षिक संस्थाहरू बनाउन सकिन्छ– सामुदायिक क्याम्पसहरूलाई । आज
सम्पूर्ण लगानी आफ्नो एउटा वा दुईवटा सन्तानको शिक्षामा, त्यो
पनि विदेशका लागि जनशक्ति उत्पादन गर्ने, उतैको पीआर लिने,
उतै जोडी बाँध्ने तथा घर र देश नफर्किने जनशक्तिमा भइरहेको छ । के
हामीले यसबारेमा सोचेका छौँ ?
हामी
लाखौँ रुपैयाँ लगानी गरेर निजी क्याम्पसमा पढाउने, उति नै खर्च गरेर विदेश पढ्न पठाउने र नेपालमा
बसेर आफ्नो सन्तान बाहिर भएकोमा गर्व गर्दै दुई बुढाबुढी चुह्लो रुङ्ने अवस्था
भन्दा खास केही देखिँदैन । यो तरिकाले युवा शक्ति विदेश पलायन भएपछि सरकारले
जस्तोसुकै योजना ल्याए पनि देशले खास गति लिन सक्दैन ।
यसको
विकल्पमा संघ, प्रदेश
र स्थानीय तहले देशमै स्वरोजगारमूलक शिक्षाको नीति लागू गरी माविलाई आधारभूत तह भनेझै
भविष्य हुने जग हाल्ने शिक्षा दिने तथा उच्च शिक्षा
प्राविधिक र रोजगारीको ग्यारेन्टी दिने बनाउन सके को जान्थ्यो विदेश ? र, यो सम्भव पनि छ ।
साथै
अर्को जटिल विषय सरकारी कर्मचारी, शिक्षक, र यही देशमा राजनीति गर्छु भन्ने नेताका
छोराछोरी मात्रै सामुदायिक क्याम्पसमा अनिवार्य रूपमा सार्ने हो भने पनि सबै
शैक्षिक सुधार गर्न लाग्थे र अति छिटो रूपान्तरणको गतिमा हामी जान्थ्यौँ ।
शिक्षाको पहिलो पाइला माविसम्मको सामुदायिक क्याम्पसको जग नै हो । शिक्षालाई पहिलो
प्रथामिकता दिएर सरकार, समुदाय, अभिभावक,
राजनीतिक नीति निर्माता लाग्ने हो भने यो सम्भव छ । नत्र एकले
अर्कालाई दोष लगाउने, पुरानै गीत गाइरहने परिस्थितिभन्दा
नयाँ केही हुँदैन ।

0 Comments